28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकोप्टरबाट ढुवानि

गोरखा । उत्तरी गोरखाको मतदान केन्द्रमा रहेका मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु गरिएको छ । गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसोबाट हेलिकोप्टरमा राखी सदरमुकाम गोरखा बजार ल्याउन सुरु गरिएको हो। हेलिकोप्टर बिहानै पठाउने तयारी भएपनि बाक्लो हुस्सु देखिएका कारण ढिला भएको प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए । हेलिकोप्टरबाट तीन पटकमा चुमनब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ल्याइनेछ । दलका प्रतिनिधि र उम्मेदवारका प्रतिनिधिको रोहवरमा हेलिकोप्टरबाट मतपेटिका ल्याइएको हो ।

हेलिकोप्टरबाट ल्याएको मतपेटिका गोरखा नगरपालिका वडा नं ८ स्थित आहालेमा ल्याण्ड गरी त्यहाबाट गाडीमा राखी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरिएको छ । अन्य मतदान केन्द्र र गोरखा २ को सबै मत पेटिका भने सदरमुकाम आइसकेको प्रजिअ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स