28.1 C
Kathmandu
Monday, May 18, 2026
spot_img

डडेल्धुराको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अनलाइनखबरसँग भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।

डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स