29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मंसिर १ देखि सवारी लाइसेन्सको आवेदन बन्द

काठमाडौं । आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को आवेदन प्रणाली बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारी समेत खटिनुपर्ने भएकाले आवेदन नलिइने जनाएको छ ।

आवेदन फेरि कहिलेबाट खुल्ने भन्ने सम्बन्धमा पछि सूचना जारी गरिने विभागको भनाइ छ । ‘आवेदन लिइने अनलाइन प्रणाली मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहनेछ’ विभागले सूचनामा भनेको छ ।

अनलाइन प्रणाालीबाट लाइसेन्सका लागि आवेदन बुझाएपछि प्राप्त हुने मितिमा निवेदन रुजु तथा बायोमेट्रिक विवरणका लागि आवेदक तोकिएको कार्यालय जानुपर्छ । सो प्रक्रिया पूरा भएपछि लिखित र ट्रायल परीक्षा हुँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स