20.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img

बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा

काठमाण्डौं । बैतडीको दशरथचन्द नगरपालिकाले आज बिहीवार सार्वजनिक बिदा दिएको छ ।

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो ।

बिहीवार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कात्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । त्यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । त्यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स