28.7 C
Kathmandu
Monday, May 18, 2026
spot_img

निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको परिपत्र

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्न सबै स्थानीय तहलाई बुधबार परिपत्र गरेको छ।

स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐनबमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिन आयोगले गत असोज २८ गते मन्त्रालयलाई परिपत्र गरेको थियो।

आयोगको सोही परिपत्रका आधारमा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमार्फत आवश्यक सूचना उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स