20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुखमा नितेश गुप्ता कै पुन जिम्मेवारी

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेश सदस्य एवम सूचना संचार र प्रचारप्रसार विभाग प्रमुखमा नितेश कुमार गुप्तालाई पुन जिम्मेवारी दिने भएको छ । मधेस प्रदेश समिति कांग्रेसले अपाङ्गता भएको व्यक्तिलाई सामानुपातिकमा बन्द सुचीमा सावेशी नगराईएको भन्दै निजले असन्तुष्ट भैई राजीनामा दिनु भएको थियो ।

त्यस पक्षचश्त कांग्रेस मधेस प्रदेशको प्रचारप्रसार सूचना प्रवाहमा धेरै निष्क्रिय भएको थियो । नेपाली कांग्रेस मधेस प्रदेशले गुप्ताको जिम्मेवारी यथावत नै रहेकोे लिखित रुपमै माहामन्त्री वृहस्पकृष्ण श्रेष्ठले पत्राचार गरि प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवारलाई विजय गराउन संगठनलाई बलियो बनाउन निर्देशन समेत दिएको छ ।

अब कांग्रेस मधेस प्रदेशमा कांग्रेसको देश व्यापी रूपमा र प्रदेश भरी राष्ट्रिय अनलाईन मिडिया , राष्ट्रिय पत्रिकामार्फत र समाजिक संजाल लगायतका विभिन्न माध्यमबाट प्रचारप्रसार हुने गुप्ताले बताउनु भयो ।

गुप्ता अटल ईमानदार राजनीति कर्मिको रूपमा चिरपरचित हुनुहुन्छ । मधेस प्रदेशको १४ औँ माहाधिवेशन निर्वाचनमा सबैभन्दा धेरै मत ल्याई प्रदेश सदस्य पदमा निर्वाचित हुनुहएको उहाँ कांग्रेसको पार्टी भित्र रहेका सम्पूर्ण नेताकार्यकर्ताहरु सबै संग राम्रो सम्बन्ध बनाएर राख्ने व्यक्ति हुनुहुन्छ।

साथै उहाँ विधायार्थी काल देखि नै राजनीति गर्दै आउनुभएको हो र नेपाल सरकारले उहाँको सक्रिय ईमानदारीलाई मुल्यांकन गर्दै राष्ट्रिय अपाङ्ग कोषको केन्द्रिय सभापति जस्तो गरिमामय पदमा नियुक्ति दिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स