25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

खोटाङमा सुवास र सर्वधनको उम्मेदवारी फिर्ता, धर्मराजको यथावत

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका नेपाली कांग्रेस खोटाङका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका पूर्व राज्यमन्त्री समेत रहेका सर्वधन राई र प्रदेश क मा बागी दिएका सुवासकुमार पोखरेलले उम्मेदवारी फिर्ता लिएका हुन्। तर कांग्रेसकै पूर्व उपसभापति धर्मराज पोखरेलको भने उम्मेदवारी कायम छ।

खोटाङमा प्रतिनिधि सभामा माओवादीका रामकुमार राई र प्रदेश क मा नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राईको उम्मेदवारी परेको छ। प्रदेश ख मा कांग्रेसका भूपेन्द्र राईले गठबन्धनबाट टिकट पाएका छन्। प्रतिनिधि सभामा टिकट नपाए दुवै प्रदेशमा कांग्रेसले पाउनु पर्ने माग गर्दै आएको कांग्रेसले दुवै प्रदेशमा उम्मेदवार कायम राखेको छ।

जिल्ला कार्यसमितिले निर्णय गरेर नै सभापति विष्णुकुमार राईसहित पुगेर यसअघि उम्मेदवारी दर्ता गराएका थिए। तर केन्द्रले बुधबार १ बजेसम्ममा उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएपछि दुई जनाले फिर्ता लिएका हुन्।

धर्मराजलाई यसअघि मेयरको टिकट दिएर पनि कांग्रेसले पछि खोसेको थियो। उनको उम्मेदवारी कायम छ। तर दुई नेताले फिर्ता लिएसँगै जिल्लामा गठबन्धन बलियो बनेको छ। एमालेबाट प्रतिनिधि सभामा विशाल भट्टराई र प्रदेश क मा पाँचकर्ण राई तथा ुखु मा रामप्रसाद दंगालको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स