26.1 C
Kathmandu
Friday, April 24, 2026
spot_img

कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताद्धारा राजिनामा

धनुषा । कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले राजिनामा दिनुभएको छ । आज एक विज्ञप्ती जारि गर्दै उहाँले प्रचारप्रसार प्रमुख बाट दिएको राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँ प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवारका आकांक्षी हुनुहुन्थ्यो । तर, पार्टीले आइतबार पठाएको बन्दसूचीमा उहाँको नाम नपरेपछि उहाँले पदबाट राजीनामा दीनुभएको छ।

पार्टीले अपांगता भएका व्यक्तिलाई अवसर नदिएको भन्दै पार्टीको आलोचना गरेका छन् । समावेशिताका कुरा गर्दा प्रदेश नेतृत्वले कुरै नसुनेको र बेवास्ता गरेको उहाँको भनाइ छ ।

यस्तो छ प्रमुख गुप्ताले दिएको राजिनामा

उपरोक्त सम्बन्धमा अपाङ्ग भएको व्यक्तिहरुको हकअधिकार सुनिश्चितताको लागि विगत लामो समय देखी कार्य आएको व्यक्ति हु म । नेपाली कांग्रेसको राजनीतिमा लागेकै कारण मेरो बुबा रामपुर साहलाई र मेरो घर परिवारलाई तत्कालीन कम्युनिष्ट सरकारले २०५४ सालको स्थानीय निर्वाचन ताका झुठो मुद्दा लगाई फसाई चरम यातनासमेत दिएको थियो । त्यसपछि गठित कांग्रेस सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेपछि बुवा थुनामुक्त हुनुभएको थियो । म नेपाली कांग्रेस राजनीति विगत केही वर्षदेखि सक्रिय रहि कांग्रेस पार्टीलाई विभिन्न माध्यमबाट बलियो बनाउन उल्लेखनीय भूमिका खेल्दै आएको छु । पार्टी राजनीतिबाहेक मेरो अन्य कुनै पेशा व्यवसाय वा रोजगारी व्यवस्था छैन । रौतहट जिल्लामा आयोजना हुने पार्टीको हरेक कार्यक्रम र क्रियाकलापमा सक्रियतासाथ सहभागी भइ उदघोषणदेखि लिएर कम्युनिष्ट विरोधि आन्दोलनमा निरन्तर सहभागी भइ रहे । पार्टीको कामकारबाही र आइपरेको जिम्मेवारीबाट कहिल्यै पछाडी रहिन । विभिन्न सघ ( सस्थामा नेतृत्व गर्दै र राष्ट्रिय अपाङ्ग कोषको केन्द्रिय सभापतिको समेत जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेको छु । नेपाल कांग्रेस एक लोकतान्त्रिक पार्टी हो र यसले लोकतन्त्र, राष्ट्रियता र समाजवाद तथा सबै वर्ग, लिङ्ग, जाती समुदायको समान सहभागीता, समुचित प्रतिनिधित्व समानुपातिक समावेशी र अधिकार् सुनिश्चितताका लागी प्रतिवद्ध छ भन्ने जनविश्वास छ । तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस म जस्तो अपांग व्यक्तिका लागी संबेदनसिल नभएको मैले महसुस गरेको छु । म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । र कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवस्था गरि । कहिले पार्टी आन्दोलन र कार्यक्रम नहिडिका समेत व्यक्तिलाई समानुपातिक सुचिमा राखेको छ । मलाई नेपालको सविधान, प्रचलित निर्वाचन कानूनले दिएको अधिकार सुनिश्चिततामा पार्टी नेतृत्वले हामी अपाङ्ग भएका व्यक्तिको कुरै नसुनी राजनीति रुपमा बेइमानी भइ हाम्रो मौलिक हक हनन र अपुरिय क्षती हुनाले नेपाली कांग्रेस मधेस प्रदेश सूचना संचार तथा प्रचारप्रसार विभागको प्रमुख पदबाट मैले राजिनामा दिने निर्णय गरेको छु । मलाई दिइएको जिम्मेवारी हालसम्म मैले निष्ठापूर्वक पूरा गर्दै मलाई साथ सहयोग दिनुहुने देशको हरेक राष्ट्रिय पत्रीका र राष्ट्रिय अनलाइन मिडियालगायत सम्पूर्ण संचारमाध्यमप्रति हार्दिक आभार व्यक्त गर्दछु । मैले पार्टीको लागि गरेको कार्यको मधेश प्रदेशका नेता कार्यकर्ताले मूल्यांकन गर्नुभएकै छ । पार्टीप्रति वफादार रहेर काम गर्दा पनि नेतृत्वबाट मूल्यांकन नहुदा म जस्ता इमानदार कार्यकर्तालाई पार्टी र नेतृत्वप्रती बितृष्णा उत्पन्न हुनजान्छ । यस्तो अवस्था नाआओस त्यसतर्फ केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिनिधि सभा र प्रदेश निर्वाचनमा कांग्रेस जिताउन घरदैलो कमर कसेर लाग्ने प्रतिबद्धता गर्दैछु । जय नेपाल ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स