28.1 C
Kathmandu
Friday, April 24, 2026
spot_img

राजविराज नगरपालिकाद्धारा सडक फराकिलो बनाउने अभियान सुरु

सप्तरी । राजविराज नगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु गरिएको छ । सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान शुरु गरेको नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविनले बताउनुभयो । ‘जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौँ,’ कार्यवाहक नगर प्रमुख परविनले भन्नुभयो ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिना देखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको उहाँले बताउनुभयो । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन सुरु गरेपछि पैदलयात्रु तथा स्थानीय पनि हर्षित भएका छन् ।

कार्यबाहक नगर प्रमुख परविनले भन्नुभयो, ‘पैदलयात्रीले सहजरूपमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान शुरु गरेका हौँ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स