20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

सार्वजनिक सम्पतिको संरक्षणमा जुट्यो टोखा नगरपालिका, अवैध संरचनामा डोजर लाग्न थाले

काठमाडौं । टोखा नगरपालिकाले आफ्नो नगरभित्र रहेका अबैध संरचना भत्काउन सुरु गरेको छ । सो अन्तर्गत सामाखुसि चोकमा बन्दै गरेको नयाँ भवनले नक्सा विपरित फुटपाथ मिचेर बनाएको कम्पाउण्ड वाल भत्काएको हो ।

सामाखुसि टोखा छहरे सडक खण्डमा बनेका नयाँ संरचनालाई फुटपाथ मिच्न नदिने र मिचेर निर्माण भइससकेका संरचनालाई मुआब्जा दिएर हटाउने सर्वोच्चको आदेश बमोजिम भत्काएको मेयर प्रकाश अधिकारीले बताउनुभयो ।

सार्वजनिक सम्पतिको संरक्षण गर्ने काम स्थानिय निकायको भएको र बाँकि रहेका सार्वजनिक स्थलको पहिचान गरि संरक्षण गर्ने कुरामा आफुले जोड दिइरहेको मेयर अधिकारीको भनाइ छ ।

यस्तै नगरपालिकाले बानियाँटारमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको अस्थाइ संरचना पनि हटाउन लगाएको छ । नगर प्रमुख, नगरप्रहरि कर्मचारि सहितको टोलिले उक्त स्थानमा पुगेर संरचना हटाउन लगाएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स