29.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

दसैंको अग्रिम टिकट बुकिङ असोज १ गतेबाट

काठमाडौं । दसैंका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयले जानकारी दिनुभयो ।

टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो।

यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालबाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स