20.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

सामान्य झडपमा पनि गोलि चलाएको भन्दै बलान बिहुल गाउँपालिकाका स्थानिय आक्रोशित

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका ४ मा स्थानिय र प्रहरिबिच झडप हूँदा प्रहरिले गोलि चलाएको छ । गाउँपालिकाको वडा नं ४ बेल्हीका घुरण कापैरको घरमा राजश्व छलि ल्याएको अवैध कपडा राखेको भन्ने सुचनाका आधारमा प्रहरिले खानतलासि गरेको थियो, सो क्रममा भएको झडपमा प्रहरिले गोलि चलाएको हो ।

सो क्रममा एक स्थानिय पत्रकारले खिचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उक्त भिडियोमा सुरुमा स्थानिय र प्रकरिबिच भनाभन भएको देखिन्छ । पछि विवाद अलि चर्कदै गएपछि प्रहरिले लाठि चार्ज गरेको र २ राउन्ड हवाइ फायर गरेको छ । यसै क्रममा विना बर्दिको व्यक्तीले प्रहरिको हातबाट बन्दुक लिएर फायर गर्न खोजेको भिडियोमा देख्न सकिन्छ । ति भिडियो खिच्ने पत्रकारले आफ्नो परिचय दिएर सानोतिनो विवादमा पनि गोलि चलाउनुको कारण सोध्छन तर प्रहरिले क्यामेरा नै लछारपछार पार्दै अगाडि बढ्छन ।

सानोतिनो विवादमा पनि गोलि चलाएको, विना बर्दिको ब्यक्ती बन्दुक वोकेर तर्साएको भन्दै स्थानियले उक्त कार्यको विरोध जनाएका छन । जनतालाई दिनदहाडै मार्ने कोसिस भएको, नागरिकमाथि प्रहरीको ज्यादती भएको लगायतका आरोप स्थानियले लगाएका छन साथै मधेशमा सानोतिनो झगडा हुँदा पनि गोलि चलाउने, कुटपिट गर्ने, पक्राउ गर्ने, हिरासतमा लिई यातना दिने कार्य व्यापक भैरहेको भन्दै स्थानिय आक्रोसित भइरहेका छन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियो हेर्नुहोस 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स