22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

स्वासथ्य मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् । यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स