22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

आउँदो निर्वाचनमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। आयोगले आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा यस्तो अनुमान सार्वजनिक गरेको हो।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हाल अनुमानित १० अर्ब खर्च हुने आकलन आयोगले गरेको बताए। निर्वाचन आयोगले चुनावी तयारीका विषयमा छलफल गर्न आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले हालसम्म गरेको तयारी र अब गर्ने तयारीका बारेमा ब्रिफिङ गरे।

उनले आयोगले स्थानीय तह निर्वाचनभन्दा यसलाई अझ शान्तपूर्ण रुपमा सम्पन्न गराउने तयारी गरेको बताए। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनभन्दा यसपटक मतदान स्थल र मतदान केन्द्र पनि वृद्धि हुने र मतदाता समेत वृद्धि भएकाले खर्च बढ्ने अनुमान आयोगले गरेको उनले बताए ।

अहिले करिब १ करोड ८२ लाख मतादाता रहेको आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायी बाहेक करिब २२ हजार ५०० रहेको जानकारी पनि आयोगले दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स