29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

आजबाट मतदाता नामावली सङ्कलन स्थगित, दल दर्ता प्रक्रिया शुरू हुने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य आजबाट स्थगन गरेको छ भने छिटै राजनीतिक दल दर्ता प्रक्रिया शुरू गर्ने भएको छ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै आयोगले आजबाट मतदाता नामावली सङ्कलन स्थगन गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलन गर्दै आएको थियो। अनलाइनबाट फारम भरेका मतदाताले भने शनिबारसम्म औंठा छाप र फोटो लिन सकिने व्यवस्था गरेको छ।

आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १० लाख मतदाता बढ्ने भएका छन्। स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख मतदाता थिए । यससँगै आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया शुरू गर्ने भएको छ। छिट्टै दल दर्ता प्रक्रिया शुरू गरिने आयोगका प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स