22.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

धरानको बराह सहकारी विवादमा तानिए मेयर हर्क सम्पाङ

धरान । धरानको बराह सहकारी संस्थाका बचतकर्ताको रकम उठाउन गठन गरिएको सङ्घर्ष समितिलाई एमालेसँग जोडेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राई विवादमा आएका छन्। सहकारीको अनुगमनको अधिकार स्थानीय सरकारको हो। सोही अनुसार हर्कसँग भेट्न पुगेका सहकारी पीडितहरूलाई उनले गलत व्यवहार गरेको एमालेको दाबी छ।

उपमहानगरपालिकाको कार्यालयमा गएका सहकारी पीडितहरूले मेयर राईलाई भेट्न नपाएपछि कार्यालयका झ्यालका सिसाहरू फुटाएका थिए। घटनापछि उनले सामाजिक सञ्जाल फेसबुकमा ु सोमबार जनताको सेवा सुविधाका लागि दिनभर बगरमा बालुवा बोक्ने, ढुङ्गा फुटाउने, बेल्चा हान्ने यो कुल्ली नगर सरकारको प्रमुख पनि हो भन्ने यथार्थ बिर्सेछन् मेरा विरोधीहरूले अब याद दिलाउनु परो लेखेका थिए।

त्यसपछि पनि फेसबुकमा उनले लेख्ने क्रम छाडेनन्। पछि मेरो कार्यालयमा हमला गर्नु भनेको म माथि हमला गर्नु हो, म कुनै व्यक्ति होइन सरकार प्रमुख हुँ यो हेक्का रहोस् लेखेका थिए।

एमालेको धरान उपमहानगर कमिटीले विज्ञप्ति नै निकालेर मेयर राईको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण उपमहानगरपालिकामा तोडफोड भएको र त्यसको जिम्मेवार उनी नै रहेको दाबी गरेको छ।

एमालेको धरान कमिटीका अध्यक्ष हर्कजंग एडेङले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति आप्पत्ति जनाएका हुन् । एमालेको विज्ञप्तिमा भनिएको छ, ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ ।’

सामाजिक सञ्जालमार्फत राईले पीडितलाई धम्कीको भाषा प्रयोग गरेकाले उनीहरू आक्रोशमा आउँदा कार्यालय तोडफोड हुन गएको र यसको दोष मेयर राईले नै लिनुपर्ने विज्ञप्तिमा दाबी गरिएको छ। बचतकर्ताको रकम फिर्ता नभएपछि धरानमा रहेको बराह सहकारीका बचतकर्ताहरू केही महिनादेखि समिति नै गठन गरेर सङ्घर्षमा रहे पनि उनीहरूको रकम फिर्ता हुन भने सकेको छैन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स