21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

काठमाडौं महानगरका मेयर बालेन साहद्धारा बानेश्वरको फुटपाथ अवलोकन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् ।

स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले जानकारी दिए ।

मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेर साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ । यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स