21.5 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

लिमीवासीले नौ महिनापछि बल्ल पाए ४० केजी खाद्यन्न

हुुम्ला । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोटबाट गएको खाद्यन्न लिमी पुगेपछि लिमीका तीन गाउँवासीले सो खाद्यन्न पाएका हुन् ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमिटेडबाट गएको ५७ क्विन्टल खाद्यन्न लिमी पुगेपछि स्थानीयवासीलाई बितरण गरिएको बताउनुुभयो । उक्त खाद्यन्न २०७८ सालको मङ्सिर महिनापछि लिमी गएको हो । उहाँले लिमी पुगेको खाद्यन्न घरधुरी अनुुसार प्रति परिवार दुई बोराका दरले बितरण गरिएको बताउनुुभयो । सिमकोटबाट लिमीसम्मको खाद्यन्न ढुवाँनीको मुल्य वडाले तिरेको छ ।

लिमिटेड हुुम्ला शाखाका प्रमुख कृष्ण अधिकारीले माग बढी भएपनि गोदाममा मौज्दातको अबस्था हेरि ५७ क्विन्टल खाद्यन्न मात्र लिमीका लागि उपलब्ध गराईएको बताउनुुभयो । उक्त खाद्यन्न सिमकोट शाखाको कोटाबाट उपलब्ध गराईएको हो ।

गत वर्षको लिमी बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यन्न काठमाडौं, केरुङ हुुँदै तिब्बतको बाटोबाट लिमी पुग्नुु पर्नेमा कोरोनाको कारण नाका बन्द भएपछि सो खाद्यन्न ढुवाँनी हुन सकेको थिएन । लिमीमा खाद्यन्न समस्या देखिए पछि गत मङ्सिरमा हेलिकोप्टरबाट खाद्यन्न ढुवानी गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स