21.5 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

जंगली च्याउ खाँदा सल्यानमा एकै घरका ३ जना बिरामी

सल्यान । सल्यानमा जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् । आइतबार साँझ सिद्ध कुमाख गाँउपालिका ५ माझखर्क बस्ने मन बहादुर रोकाको घर नजिकै जंगलबाट ल्याएको च्याउ खाएर उनको परिवारका तीन जना बिरामी परेको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेका अनुसार मनबहादुरकी श्रीमती केउली रोका, आमा देबी रोका र बुवा गोपी रोका बिरामी भएका हुन् ।

उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेकोमा केउली रोकाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स