28 C
Kathmandu
Monday, August 18, 2025
spot_img

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्न छलफल

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो।

मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले भन्नुभयो, “इम्बोस्ड नम्बर प्लेट देवनागरीमा लेख्ने बारेमा मन्त्रालयले विभाग र कम्पनीसँग छलफल गरिरहेको छ तर टुङ्गिएको छैन।” यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट जडानबारे अध्ययन गर्न कार्यदल बनाउनुभएको थियो। कार्यदलको सुझावअनुसार सरकारले इम्बोस्ड नम्बर प्लेटको बनोट र भाषा परिवर्तनका लागि छलफल थालेको हो ।

प्रदेशको नाम मात्रै नेपाली भाषामा लेख्दा र पूरै नम्बर प्लेट नै नेपाली भाषामा लेख्दा थप आर्थिक भार पर्नसक्ने सम्भावनाका बारेमा पनि छलफल भएको छ। यस विषयमा मन्त्रालयले कम्पनीसँग लिखित रूपमा जानकारी मागेको छ। प्रवक्ता नेपालले भन्नुभयो, “देवनागरीमै लेख्नुपर्ने सवालमा संसददेखि सबै ठाउँमा कुरा उठेको छ। यस विषयमा मन्त्रालयले पनि गम्भीरताका साथ निकास खोजिरहेको छ ।”

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स