23.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये ३०३ जनाको पिसिआर र ४४ जनाको एन्टिजेनबाट परीक्षण गरिएको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेको छ।

आइतबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार १७७ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ३६० पीसीआर तथा १ हजार ५२८ एन्टिजेन परीक्षण भएको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढिरहेको छ। स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्न आवश्यक मापदण्डको पालना गर्न अनुरोध गरेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स