25.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

सुर्खेतका झन्डै आधा जनप्रतिनिधिले निर्वाचन खर्च विवरण अझै बुझाएनन्

सुर्खेत । सुर्खेतमा नौ पालिकाका निर्वाचित जनप्रतिनिधिमध्ये करिबले आधाले खर्च विवरण अझै बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको करिब दुई महिना बित्दापनि निर्वाचनका समयमा आफूले गरेको खर्चको विवरण नबुझाउने प्रतिनिधिहरूको संख्या ठूलो छ ।

सुर्खेतका ९ पालिका र समन्वय समितिसमेत गरी ५२२ जनप्रतिनिधि निर्वाचित भएका छन् । यो भनेको कार्यपालिका सदस्य बाहेकको संख्या हो । यसमध्येबाट जिसस उपप्रमुख सचिनकुमार बडुलालसहित २५९ जनाले मात्र निर्वाचन खर्च पेस गरेका छन् । जिससका अन्य ८ जनाले बुझाएका छैनन् ।

आयोगले जिसस प्रमुख र उपप्रमुखका लागि साढे दुई लाख तथा सदस्यका लागि साढे एक लाख रूपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स