काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिले ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कूटर हस्तान्तरण गरेका छ ।
आइएमई इलेक्ट्रिक राफ्ट इलेक्ट्रिक स्कूटरको नेपालका लागि आधिकारिक बिक्रेता हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
यो स्कूटर एक पटक फुल चार्जेमा १०० किमि रेन्जसम्म गुँड्नसक्ने कम्पनीले जनाएको छ । अधिकतम माइलेज, बलियो बनावट साथै राम्रो पर्फमेन्स दिनसक्ने भएकाले सो स्कूटर खरिद गरिएको नगरपालिकाले बताएको छ ।