22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४३५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणको नतिजा हो ।

मन्त्रालयका पछिल्लो २३ घण्टामा ५६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।

हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स