23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यो सँगै सार्वजनिक विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ। सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो।

मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने भएकोले सोही बमोजिम आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायलाई सर्कुलर जारी गरिएको बताए।

माथि उल्लेखित बाहेकका सरकारी सवारी साधन बिदाका दिन चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागू गर्न पनि भनेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स