20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

तानसेन बजारको पार्किङ समस्या समाधान गर्नका लागि बजेट छुट्याइयो

तानसेन। पाल्पाको तानसेनबजारमा भएको सवारीसाधन पार्किङ समस्या समधान हुने भएको छ । नगरपालिकाले बजेटमै व्यवस्था गरेर अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै समस्याको समधान हुने भएको हो ।

तानसेन नगरकार्यपालिकाले सातौ वैठकबाट भएको १३ वटा महत्वपूर्ण निर्णयहरु मध्ये तानसेन वजार भित्र अव्यवस्थित हुँदै आएको पार्किङ समस्या समाधानका लागि २५ लाख विनियोजन गरी विभिन्न स्थानहरुमा पार्किङ व्यवस्थापन गर्ने निर्णय गरेको छ । तानसेन नगर सरकारका निर्णय सार्वजनिक गर्दै यादव सिंह कार्कीले पार्किङको व्यवस्था सेवाग्राहीले समस्या खेप्दै आएका थिए ।

नगरपालिकाले फोहरमैला व्यवस्थापनमा नीजि साझेदारी गरेको नगरपालिकाले उक्त सम्झौतालाई केहि समयका लागि निरन्तरता दिने निर्णय गरेको छ । त्यसैगरी तानसेनका महत्वपूर्ण पर्यटकीयस्थलहरु रानीमहल, श्रीनगर र नारायणस्थानमा नगरपालिकाकै कर्मचारी खटाउने, करारका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङकन गर्ने, सबै वडा कार्यालयहरुमा आवश्यक कर्मचारी पठाउने निर्णय गरिएको प्रवत्ता कार्र्कीले जानकारी दिनुभयो ।

१४ वटा वडाहरुलाई २ क्लस्टरमा विभाजित गरी वडा नं ७ र ११ बाट प्राविधिकहरुलाई काम गर्ने वातावरण वनाउने समेत निर्णय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स