22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता, भोलि मतदान

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ ।

उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची रहेको छ । मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा उल्लेख छ ।

सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भने उम्मेदवारी दिनेबारे कुनै निर्णय गरिसकेको छैन ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुमबाहाम्फेले राजीनामा दिएपछि करिब तीन वर्षदेखि यो पद रिक्त रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स