23.1 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकोप्टरबाट पैसा ढुवानी

गोरखा । गोरखाको अत्यन्तै दुर्गम गाउँपालिका चुमनुव्री गाउँपालिकामा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको छ।

सड़क सञ्जालले नजोडिएको गोरखाको एक मात्र गाउँपालिका चुमनुव्रीमा हेलिकोप्टरबाट पैसा दुवानी गरिएको हो । पालिकाको केन्द्रमा रहेको एक मात्र बैंक कुमारी बैकलाई पालिकामा चालु आर्थिक बर्षमा संचालित योजानामा भएको खर्च भुक्तानी गर्न पैसा हेलिकोप्टरबाट ल्याइएको गाउँपालिकाले जनाएको छ।

यसका साथै यसै रकममध्येबाट चुमनुब्रिका बृद्धबृद्धा र असक्त एवं अपांङ्गलाई सामाजिक सुरक्षा भत्ता पनि उपलब्ध गराइने छ । गाउँपालिकाको नियमित खर्च पनि हेलिकोप्टरमार्फत लगिएको पाँच करोड रुपियाँबाट नै हुने पालिकाले जनाएको छ ।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स