22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौँ । सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको भाउ बढेसँगै भाडादर पनि वृद्धि गरिएको हो ।

दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।

बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स