23.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

ऐतिहासिक सम्पदाको रुपमा रहेको स्याङ्जाको ‘भिरकोट दरबार’को संरक्षण सुरु

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका वडा न।१ मा रहेको पौराणिक युगदेखि नै अस्तित्वमा रहेको दरवार जिर्ण बन्दै गएपछि यसको संरक्षण गर्न शुरु गरिएको छ ।

पृथ्वीनारायण शाहको उदयअघि कर्णाली पारीका बाइस चौबिसे राज्यहरुलाई आधार मानेर यस ठाउँको नामकरण गरिएको देखिन्छ । तत्कालीन नेपालमा अस्तित्वमा रहेका बाइसे–चौबिसे राज्यहरुमध्ये चौबिसे राज्यका रूपमा भिरकोट राज्य एक प्रभावशाली राज्यका रुपमा रहेको इतिहासमा उल्लेख छ ।

यही ऐतिहासिक राज्यको नामको ऐतिहासिक विरासतलाई नै ग्रहण गरेर नगरपालिकाको नामसमेत भिरकोट राखिएको हो । कतिपय दरबारहरुको त अहिले अवशेष मात्र पनि पाउन मुस्किल छ । सबैले बिर्सिएको अवस्थामा चिनारी र पुननिर्माणको प्रतिक्षामा जीर्ण अवस्थामा घरको न घाटको भएर उभिएको छ – भिरकोट दरबार ।

भिरकोटे राजाहरुले विभिन्न उद्देश्यले स्थापना गरेका प्रमुख चार दरबारहरु खिलुङ दरबार, कुडार दरबार, सारुथोक दरबार र जगतपुर दरबारमध्ये यही भिरकोट दरबार नै वास्तवमा दरबार हो भन्ने गरिन्छ । तत्कालीन र अहिले पनि जगतपुर भन्ने ठाउँमा रहेको दरबार नै भिरकोट दरबारको नामले प्रशिद्ध छ ।

भिरकोट न।पा।को वार्ड नं १ मा सिद्धार्थ राजमार्गदेखि करिब २ किलोमिटर मिटर माथि रहेको निकै कलात्मक यो तीन तले दरबार विसं १९९० को महाभूकम्पपछि निर्माण गरिएको हो । इँटँ, काठ र टिन प्रयोग गरी बनाइएको यो दरबारमा तीन वटा तला र १५ वटा कोठाहरु छन ।

ठूला–ठूला कोठाहरुसहितको यो दरबारमा प्रयोग गरिएका झ्याल–ढोकाहरुको संख्या ५२ वटा छ। सायद यसैले होला अहिले पनि सो स्थानमा ‘तीन तले बाउन्ने ढोका, भीरकोटे राजैको’ भन्ने भनाइ रहेको भिरकोट नगरपालिका नगर प्रमुख गोविन्दकुमार क्षेष्ठ बताउनुहुन्छ । यस दरबारका निर्माता तारकबहादुर शाह पछि काठमाडौं बस्न थालेपछि भने यस दरबारको महत्व कम हुँदै जान थालेको देखिन्छ ।

अहिले उनकै परिवारका सदस्यहरुबाट बसोबासको लागि प्रयोगमा ल्याइएको यो दरबार ऐतिहासिक सम्पदाहरु देशको इतिहास बचाउने र भावी पुस्तालाई मार्गदर्शन गर्ने अमूल्य सम्पदाहरु हुन् भन्नेमा कुनै शंका छैन ।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स