29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

विद्युतीय मतदानका लागि साउनभित्र मेसिन उपलब्ध गराउन निर्वाचन आयोगको माग

काठमाडौं । निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रबाट आगामी चुनावमा मतदान गर्ने हो भने साउन मसान्तसम्ममा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले सो विषयको अध्ययन प्रतिवेदन गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रदेश र संघीय चुनावका लागि मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो ।

‘‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

आयोगले २०६४ सालको संविधान सभा निर्वाचनमा ६ ओटा क्षेत्रमा विद्युतीय मतदान यन्त्रको सफल प्रयोग गरेको थियो । यसैगरी २०७१ सालको संविधान सभाको उपनिर्वाचनमा पनि बर्दिया, बागलुङ, काठमाडौं, कैलाली लगायत पाँच निर्वाचन क्षेत्रमा यन्त्रको प्रयोग गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स