19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क शिक्षा र स्वास्थ्य उपचार सुविधा दिने

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।

साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले सो अस्पतालबाट पाइने स्वास्थ्यसेवा लिन सकिने प्रवक्ता श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘हामीले चुनावका बेला घोषणा गरेको योजनालाई मुर्तरुप दिँदैछौँ । आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रममा नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने योजना अघि सारेका छौँ । नीति तथा कार्यक्रम नगरसभाबाट पारित हुने वित्तिकै साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेर यो कार्यक्रमलाई अघि बढाउँदैछौँ ।’

यस्तै नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कार्यक्रम अघि सारिएको छ । नगरपालिकाका वडा नम्बर १ देखि ९ भित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने व्यवस्था गर्न लागिएको हो । शुक्रबार आगामी आर्थिक बर्षका लागि नगरपालिकाले सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा यी विषय समेटिएका छन् ।

यस्तै शंखरापुरको प्रमुख आर्थिक समृद्धिको रुपमा कृषि र पर्यटन क्षेत्रको विकासलाई अघि बढाउने नीति तय गरिँदैछ । कृषि र पर्यटनको क्षेत्रको विकासका लागि विशेषज्ञबाट अध्ययन गरेर दीर्घकालीन योजना अघि सार्न लागिएको प्रवक्ता श्रेष्ठले बताए । यस्तै साँखुको ऐतिहासिक जात्रा पर्व सञ्चालनका लागि दीर्घकालीन रुपमा सहज होस भनेर कोष स्थापना गरेर अघि बढ्न लागेको उनले बताए । नगरपालिकामा नेवार र तामाङ समुदायको बाहुल्य रहेकाले ती जातीको भाषा, संस्कृति र सम्पदा संरक्षणका लागि विशेष कार्यक्रमहरु ल्याउन लागिएको छ ।

विभिन्न भौतिक पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिने, नगरपालिका भित्र विभिन्न स्थानमा खुला व्यायामशाला स्थापना गर्ने र खेल एकेडेमीमार्फत मार्सल आर्ट खेललाई विशेष रुपमा अघि बढाउने नीतिमा समेटिएको छ । स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई बजारीकरण गर्न तथा विभिन्न तालिम कार्यक्रममा सहभागी भई सफल भएका स्थानीय महिलाले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न कोसेली घरको स्थापना गर्ने नीति अघि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । स्था

नीय उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले सहयोग गर्नेगरी यो कार्यक्रम ल्याइएको उनले बताए । गत स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स