22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई माफी दिएर छुट

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई माफी दिदै गाडी मर्मत गर्न लगाइने भएको छ ।

बुधवार गाउँपालिकाको कार्यालयमा भएको छलफलमा अध्यक्ष जयप्रकाश गच्छदारको छोरा ज्योतिलाई माफी दिँदै गाडी मर्मत गर्न लगाएर छुट दिने सहमति भएको हो । मंगलवार साँझ अध्यक्षका छोरा ज्योतिले गाउँपालिकाको प्रदेश–१–को१ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड गरेका थिए ।

बुधवार उपमेयर सहित सबै वडा अध्यक्ष सहितको छलफलबाट अब गल्ती नगर्ने र भएको क्षती व्यहोर्ने सहमति गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाडी तोडफोड गर्ने छोरालाई के कारबाही गर्दा हुन्छ भनेर उपमेयर सहित वडा अध्यक्षहरूलाई निर्णय गर्ने अधिकार दिएको अध्यक्ष जयप्रकाशले बताए ।

छोरालाई कार्यालयमै बोलाएर माफी माग्न लगाएर गाडी मर्मत गर्न लगाइएको रहेछ ’, उनले भने ‘त्यस्तै घटना दोहोर्‍याए कानुन अनुसारको कारबाही गर्ने गरी सहमति भएछ । ज्योतिले गाडीको सिसा फुटाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स