19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

गाउँपालिका उपाध्यक्षको देवरको मृत्यु हुँदा गाउँपालिकाभर सार्वजनिक बिदा

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षको देवरको निधनमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको निधन भएकाले सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद बरहीले जारी गरेको सूचनामा गाउँपालिका कार्यालयदेखि विद्यालय र संघ संस्थाहरू सम्मलाई बिदा दिइएको उल्लेख छ । तर सूचनामा निधन भएका व्यक्तिको नाम भने उल्लेख छैन ।

प्रमुख प्रशासकीय अधिकृत मीनप्रसाद भट्टराईले आफूलाई बिदाको सूचना बारेमा जानकारी नरहेको बताए । आफू घर बिदामा रहेकाले बिदाका बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ थियो ।

उपाध्यक्ष र वडा नम्बर ५ का अध्यक्षको परिवारमा शोक परेकोले आज बिदा दिइएको अध्यक्ष बरईले जानकारी दिए। आज बिदा हुनेबारे बरईले नै हस्ताक्षर गरेर सूचनासमेत गाउँपालिकाले निकालेको छ।

हालै भएको स्थानीय चुनावमा अध्यक्ष र उपाध्यक्ष जनता प्रगतिशील पार्टीका उम्मेदवार निर्वाचित भएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स