19.1 C
Kathmandu
Sunday, April 26, 2026
spot_img

आज पनि सिसडोलमै रोकिए फोहोर बोकेका ट्रक

काठमाडौं। काठमाडौंबाट फोहोर बोकेर गएका ट्रक सिसडोलमै रोकिएका छन्। बञ्चरेडाँडाका आन्दोलित स्थानीयले अवरोध गरेपछि ट्रक सिसडोलमै रोकिएका हुन्।

आज बिहान काठमाडौंको फोहोर बोकेर ४० वटा जति ट्रक सिसडोल पुगेका थिए। स्थाीयले आन्दोलन गर्ने भएपछि आज पनि प्रहरीको सहयोगमा फोहोर बञ्चरेडाडाँमा फालिने छ । हिजो पनि फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको थियो।

स्थानीयसँग सहमति नभइ फोहोर विसर्जन गर्न नदिने उनीहरूको अडान छ। नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनेवेशी नगरपालिकाका प्रमुखले फोहर फाल्न दिने सहमति गरे पनि स्थानीयले अवरोध कायम राखेपछि फोहोर फल्न सकेको छैन।

प्रभावित क्षेत्रका वडाध्यक्ष र स्थानीयसँग सम्झौता हुनुपर्ने माग उनीहरूको छ। पलिका प्रमुखले सहमित जनाएपनि वडाध्यक्ष तथा स्थानीयले सहमति जनाएका छैनन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स