21.5 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने सरकारको तयारि

काठमाडौं । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो ।

मन्त्रालयका सहसचिव डा. गोपिकृष्ण खनालका अनुसार जनप्रतिनिधिलाई ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५ र २६ जेठ अभिमुखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७ र २८ जेठमा मिति तय भएको छ ।

त्यस्तै, बागमती र लुम्बिनीमा ३० र ३१ जेठमा अभिमुखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स