20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

गुनासो तथा सुझाव सुन्न धनगढीका नगर प्रमुखद्धारा ‘ह्वाट्स एप’ नम्बर सार्वजनिक

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख गोपाल हमालले नगरवासीका गुनासा, सुझाव समस्या सम्बोधनका लागि ‘ह्वाटस् एप’ नम्बर सार्वजनिक गरेका छन् ।उनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘ह्वाट्स एप’ मार्फत गुनासो तथा सुझाव दिन ९८५८४८८८९५ नम्बर प्रयोगमा ल्याइएको जनाएका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह तथा सुझाव लिन सो नम्बर सार्वजनिक गरेको उनले बताए । उनले भने, ‘यो नम्बर मसँग हुन्छ, यो नम्बर नागरिकको गुनासो सुन्नका लागि हो ।’

विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने आफूलाई तत्काल उक्त नम्बरमा जानकारी गराउन पनि उनले आह्वान गरेका छन् । त्यस्तो जानकारी पाउना साथ म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने ।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्न अनुरोध गरे । धनगढी उपमहानगरपालिकाबाट पाउने हरेक सूचना पारदर्शी बनाउने र नागरिकलाई सही सूचना दिनु आफूहरुको कर्तव्य भएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स