22.7 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

खसेको भन्दा बढि मतपत्र भेटिएको भन्दै रौतहटमा विवाद

रौतहट । खसेको भन्दा ४१ वटा बढी मतपत्र भेटिएपछि रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतगणना विवाद भएको छ ।

मतगणना जारी रहेको वडा नम्बर ३ को आधारभूत विद्यालय मेवाको ‘क’ र ‘ख’ बुथमा कुल १ हजार ५७६ मत खसेकोमा ४१ वटा बढी मत पाइएको नेकपा ९एमाले० का नगर प्रमुखका उम्मेदवार विजय यादवले बताए ।

यसरी खसेको भन्दा बढि मतपत्र पाइएपछि नेपाली कांग्रेस बाहेकका राजनितिक दलहरु सो वार्डमा धाधँली भएको भन्दै पुनः मतदानको माग गर्दै विरोधमा उत्रिएको यादवको भनाइ छ । सर्वदलिय बैठकमा खसेको भन्दा ५–१० वटा बढि मतपत्र भेटिए मान्य हुने सहमति भएपनि ४१ वटा बढि भेटिएकाले सो वार्डमा धाँधली भएको प्रष्ट भएको पुनः निर्वाचन हुनुपर्ने उनको माग छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङ्गमा धाँधली गरेको आरोप लगाउँदै सो वार्डको मतदान रद्ध गरेर पुनः मतदान नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । सो नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले फतुवा विजयपुर नगरपालिकाको वाड नम्बर ३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले पठाएको तथ्याङ्कभन्दा ४१ वडा मतपत्र फेला परेपनि केन्द्रिय निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट भेटिएका ४१ वटै मतपत्रलाई सदर गर्दै मतगणनाअघि बढाउने आदेश अनुसार मतगणना जारी रहेको जानकारी दिए ।

अहिले सहमतिको लागि मतगणना पुनः स्थगित गरिएको र आन्दोलनरत पक्ष सहमतिमा नआए कानुन अनुरुप गणना जारी राख्ने उनले बताए । अहिले सो केन्द्रमा नेपाली कांग्रेस बाहेकका दलहरु सो वार्डमा पुनः मतदान हुनुपर्ने माग राख्दै आन्दोलित भएका छन् । सो मतदान केन्द्र वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स