सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन्। यस्तै उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छीन् ।
गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याए।
उपमेयरमा निर्वाचित भएकी चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् । चौधरीले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन्। विष्टले १८ हजार ३१ मत मात्र ल्याएका छन।