29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मोदीको लुम्बिनी भ्रमण : धार्मिक,सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अवसर

काठमाडौँ । भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपालको एक दिवसीय भ्रमणका क्रममा सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ लुम्बिनी आउनुभएको हो । बुद्धजयन्तीका अवसरमा भारतको कुशीनगरस्थित गौतम बुद्धले महापरिनिर्माण गरेको स्थानमा निर्मित मन्दिर दर्शन गरेर त्यहींबाट उहाँ लुम्बिनी आउनुभएको हो ।

मोदीलाई परराष्ट्रमन्त्री डा। नारायण खड्का, परराष्ट्रसचिव भरतराज पौड्याललगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गर्नुभएको थियो । सो क्रममा मोदीले लुम्बिनीस्थित बौद्ध बिहारहरूको पश्चिमी क्षेत्रमा एक अर्ब ६० करोड भारतीय सहयोगमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन ९आईबीसी० विहार शिलान्यास गर्नुभएको छ । यो विहार भारतीय संस्कृति मन्त्रालयअन्तर्गत रहेको छ । यो सँगै मोदीसँग नेपालका प्रधानमन्त्रि देउवा लयायत केहि उच्च अधिकारीहरुसँग भेटवार्ता भएको थियो

अहिले मोदीको यो भ्रमणलाई निकै सकारात्मक रूपमा लिइएको छ । भ्रमणले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटनमा टेवा पुगेको छ भने पर्यटन व्यवसायी उत्साहित भएका छन । प्रधानमन्त्री श्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई पनि बलियो बनाएको छ । त्यस्तै लुम्बिनीलाई विश्वकै धार्मिक एवं पर्यटकीय स्थल बनाउनमा थप सहयोग प्रदान गरेको छ । दुई देशबीचको सम्बन्धलाई राजनीति र कूटनीतिको सीमामा मात्रै नराखि नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धको एक कडी धार्मिक सम्बन्धलाई अझै कसिलो बनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणपूर्व नेपालसँग भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । उहाँले गौतम बुद्धको जन्मस्थलमा लाखौँ भारतीयहरूको पाइला पछ्याएर दर्शन गर्न तत्पर रहेको र प्रधानमन्त्री देउवासँग साझा समझदारीलाई निरन्तरता दिने विषयमा पनि छलफल हुने उल्लेख गर्नुभएको थियो ।

यता नेपाल र भारताको संबन्ध र धार्मिक क्षेत्रको संरक्षण र प्रबद्र्धनमा ठुलो सहयोग गर्दै आएको डा। केशव बलिराम हेडगेवार विश्व हिन्दु विद्यापिठ नेपालका संयोजक ई।महेश पाठकले पनि शान्ति र पवित्र भूमि भगवान बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रधानमन्त्री मोदीको भ्रमण भएकोमा खुशी ब्यक्त गर्नुभएको छ । त्यस्तै ई।महेश पाठककै संयोजकत्वमा तारकेश्वर नगरपालिकामा भूकम्प पीडितका लागि १२० घर निर्माण गरिदिएको विश्व शान्ति केन्द्र, भारतले पनि बहुआयामिक साझेदारीमा निरन्तर सहयोग सुदृढ गर्ने र नयाँ क्षेत्रहरू विकास गर्ने अवसर प्राप्त भएको बताएको छ ।

विज्ञ तथा रणनीतिक मामिला जानकारहरूले पनि बौद्धधर्म कूटनीतिमार्फत छिमेक र बाहिर भारतले स्थान बढाउँदै लैजाने प्रयासका रूपमा लुम्बिनी भ्रमणलाई अथ्र्याएका छन । यसलाई लुम्बिनीको प्रवद्र्धनमा फाइदा पुग्ने अवसरका रूपमा सरकारले सदुपयोग गर्नुपर्ने उनीहरूको राय छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स