23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

गठबन्धनलाई हराउँदै घोराही उप-महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी

दाङ । घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी विजयी हुनुभएको छ । चौधरीले ३१ हजार ७२८ मत ल्याएर निर्बाचित हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसिले ३० हजार ४०३ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुपबहादुर डाँगीले ३० हजार ३५४ मत ल्याउनु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । उपप्रमुखमा डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहे पनि अन्तत नेकपा एमालेकी उम्मेदवार डिसी विजयी हुन सफल हुनुभएको हो । घोराही उपमहानगरपालिकामा १९ वडा रहेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल रहेको घोराहीका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२,१४,१७ र १८ वडा एमालेले जितेको छ भने गठबन्धनबाट काँग्रेसले १०,१३, १५ , १६ र १९ नम्वर र माओवादी केन्द्रले वडा नं। ९ जितेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स