29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

जेठदेखि स्वास्थ्यकर्मीलाई पनि साताको दुई दिन बिदा

काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरेको हो ।

मन्त्रालयका डा. रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराउनुभयो । “सरकारले गरेको निर्णयानुसार अस्पतालमा पनि दुई दिन बिदा हुन्छ”, उहाँले भन्नुभयो, “तर पनि हामीले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्य वैकल्पिक उपायबारे पनि छलफल गरिरहेका छौँ ।”

अस्पतालमा दुई दिन बिदा दिँदा खुलेको दिन बिरामीको उपचार गराउन भीड हुने सम्भावना रहेको छ । सचिव डा. पोखरेलले आकस्मिक सेवालाई भने व्यवस्थित बनाइने बताउनुभयो । सरकारले जेठदेखि सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि बेलुका ५ः३० बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स