26.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

इन्द्रावती ६ का युवाद्धारा विभिन्न माग राख्दै ‘नो भोट अभियान’ सञ्चालन

काठमाडौ । देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । उम्मेदवारहरु आ आफनो क्षेत्रका जनतासँग भोट माग्न व्यस्त छन् । यता, सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ६ का युवाले भने भोट माग्न आउने उम्मेदवारहरुलाई ‘नो भोट’ भन्न थालेका छन् । युवाहरुले ‘नो भोट अभियान’ नै चलाएका छन् ।

२०७२ साल बैशाख १२ गतेको महा भुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लामा अझैपनि धेरै पीडितहरु आवास निर्माणबाट बञ्चित छन् । भुकम्पपछि सरकारले एक मापदन्डमा घर बनाउनको लागि लाभाग्राही सूचिकृत गरि राष्ट्रिय भुकम्प प्राधिकरण मार्फत प्रति पीडित परिवार तीन लाख अनुदानबाट लगभग घरधुरी निर्माण सम्पन्न गरी प्राधिकरण खारेज भईसकेको अवस्था छ ।

तर, इन्द्रावती गाउँपालिका वडा नं ६ मा बिशेष गरी तीनघरे, वितलप र बसन्तपुर क्षेत्रमा तत्कालिन अवस्थामा लाभग्राही सूचिकृत गर्दा दलिय संयन्त्रले सिफारिस गर्दा गरेका गल्ती र राजनीतिक दलले गरेको पक्षपातपूर्ण व्यवहारका कारण अभियान सञ्चालन गर्नुपरेको स्थानीय युवा श्याम आचार्यले बताए । अभियानमा १ सय ५० जना भन्दा बढी युवाको सहभागिता रहेको छ ।

‘घरदैलोमा आएका उम्मेदवारहरुलाई हामीले पहिला हामीलाई बास देउ अनि मात्र भोट दिन्छौ भन्ने छौ,’ आचार्यले भने– हामीलाई जसले सहयोग गर्छ उसैलाई भोट दिन्छौं ।’ नत्र हामी चुनावमा सहभागि नहुन पनि सक्छौं– उनले भने ।

उनीहरुले प्रेस विज्ञप्ती समेत जारी गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स