21.6 C
Kathmandu
Monday, August 11, 2025
spot_img

ओखलढुंगाको लिखु गाउँपालिका २ को वडाअध्यक्षमा नेत्र बोगटीको स्वतन्त्र उमेद्वारी

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका २ को वडाअध्यक्षमा नेत्र बोगटीले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।

सरकारले निर्वाचन घोषणा गरेसँगै स्वतन्त्र उमेद्वारी दिने उद्घोष गरेका बोगटीले लिखु गाउँपालिकाको केन्द्र यसममा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उमेद्वारी दर्ता गरेका हुन् ।

वडाको विकासका लागि आफुले अघि सारेका योजनामा वडाबासी सहमत भएकाले स्वतन्त्र उमेद्वारी दिएको उनले बताए । आफुले कुनै राजनीतिक दलहरुलाई सहयोग नगर्ने गरी स्वतन्त्र उमेद्वारी दिएकाले जित्ने प्रयत्न हुने उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स