22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

स्थानीय निर्वाचन शान्तिपूर्ण गराउन प्रधानसेनापतिको निर्देशन

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानसेनापति प्रभुराम शर्माले सकल दर्जालाई आग्रह गर्नुभएको छ ।

प्रधान सेनापति शर्माले नेपाली सेनाका विभागीय प्रमुखको उपस्थितिमा चारवटै कमान्डका कमान्ड सेनापतिलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिनुभएको छ ।प्रधानसेनापति शर्माले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्दै, जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकाय तथा जिल्ला निर्वाचन आयोगका कार्यालयसँग असरदार रूपमा समन्वय गरी काम गर्न निर्देशन दिनुभएको छ ।

निर्वाचन अवधिभर देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहन तथा बम डिस्पोजल टोली आवश्यकताअनुसार तयारी हालतमा राख्न निर्देशन दिँदै प्रधानसेनापति शर्माले नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेशबमोजिम शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गरी आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पनि निर्देशन दिनुभएको छ । सोही क्रममा, प्रधान सेनापति शर्माले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा उल्लेखित नेपाली सेनासम्बन्धी बुँदाहरूलाई अक्षरशः पालना गर्नसमेत निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स