20.4 C
Kathmandu
Thursday, June 18, 2026
spot_img

स्थानीय चुनाव : घरैपिच्छे उम्मेदवार

सप्तरी । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा यतिबेला घरैपिच्छे उम्मेदवार हुने चर्चा चलिरहेको छ । यसअघिका सबै निर्वाचनमा ‘भोट बैंक’ मात्र बन्ने गरेको सप्तरीका दलित बस्तीमा अहिले घरैपिच्छे उम्मेदवार बन्ने होडमा छन् । ‘‘पहिला चुनावका बेला मात्र नेता भोट माग्न आउँथे, भोट खसालेपछि बिर्सन्थे’’ खडक नगरपालिका–८ का भुटन रामले भन्नुभयो, ‘‘यसपालि दलहरू उम्मेदवार बनिदिन भन्न आउने गरेका छन् ।’’

खडक नगरपालिकामा दलित समुदायको मत तेस्रो स्थानमा छ । त्यस्तैले सबै पार्टीले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न समाजमा अलि बढी प्रभाव भाएका दलित नेताहरुलाई तान्ने प्रवृत्ति बढेको छ ।

अहिले खडक नगरपालिकामा सबभन्दा बढी नेताहरु दलित बस्ती छिर्ने गरेका छन् । वडा अध्यक्षसहित सदस्यहरुको चयन गर्न सबै पार्टीले अभियान सञ्चालन गरेका छन् । निर्वाचनमा दलित महिला सदस्य उम्मेदवार अनिवार्य गरेपछि नेताहरु अहिले दलित अगुवालाई तान्ने प्रवृत्ति बढेको छ ।

दलित महिला सदस्य अनिवार्य हुनुपर्ने प्रावधानले दलित समुदायमा राजनीतिक चेतना आएको बताउनुहुन्छ, दलित नेता बद्री सदा । उहाँले भन्नभयो, ‘‘यो सकारात्मक पक्ष हो, तर यसलाई मुख्य पदको उम्मेदवारको लागि पनि उम्मेदवार बनाउनुपर्छ ।’’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स