28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

कामपा ३ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका लागि सम्भावित उम्मेद्वार ४ जना

काठमाडौँ । देश अहिले स्थानिय निर्वाचनको संघारमा छ । नागरिकको घरदैलोमा सेवा पुर्याउने र केन्द्र सरकार र आम नागरिक बिच सेतुको कार्य गर्ने स्थानिय तहको नेतृत्व गरि आम नागरिकको सेवा गर्ने उद्देश्यका साथ राजनैतिक दलका युवाहरू साथै स्वतन्त्र युवाहरू तयारीमा जुटि सकेका छन ।

राजधानी शहर एतिहासिक नगरी काठमाण्डौ महानगरपालिका वडा नं। ३ लाइ काठमाण्डौ क्षेत्र नं। ५ को मेरूदण्डको रूपमा लिइन्छ । एतिहासिक नगरी काठमाण्डौ महानगरपालिका आफैँमा एउटा विशेषता बोकेको नगरी हो भने महानगरको शीरमा रहेको ३ वडाले एउटा छुट्टै पहिचान र विशिष्टता बोकेकोछ । अस्पतालै अस्पताल, राजदुताबासै राजदुताबास, सुरक्षा निकायका महत्वपुर्ण अंगहरू, पुर्व राजा देखि वर्तमान राष्ट्रपतिको निवास रहेको वडाको नेतृत्व गर्न सक्ने अति नै सक्षम र योग्य व्यक्तित्वलाइ अमुल्य मतदान गर्न वडाबासीहरू व्यग्रताका साथ मतदानको दिन पर्खेर बसेका छन ।

वडाबासीहरूले मतदानको दिन व्यग्रताको दिनगन्ती गर्नुको प्रमुख कारण विगतमा एमालेबाट जितेका वडाध्यक्षको अकर्मण्यता, अनैतिक गतिविधी, विभेदकारी व्यवहारनै हो । सोही कारण यस निर्वाचनमा नेपाली काँग्रेसबाट असल र सक्षम उम्मेद्वारको पर्खाइमा छन वडाबासीहरू । यही मेसोमा कामपा(३ को टोल टोलमा नेपाली काँग्रेसबाट सम्भावित उम्मेद्वारहरू मध्ये ४ जनाको चर्चा विशेषरूपले चल्न शुरू गरेकोछ ।

विषम केसी : किशोरावस्था देखि हालसम्म लामो समय पार्टीको सेवामा निरन्तर भएको, २ कार्यकाल वडा सभापति भइसकेको आधारमा वर्तमान वडा सभापति विषम केसीलाइ सम्भावित वडाध्यक्षको उम्मेद्वारको रूपमा अनुमान गर्न थालिएको छ ।

राकेश महर्जन : बिद्यार्थीकालमा नेविसंघमा आवद्ध भइ वडा सचिवको भुमिकामा विवाद रहित र सफलरूपमा कार्यकाल सम्पन्न गरि चौधौँ महाधिवेशनमा कुनैपनि गुटको फेर नसमाति वडा सभापतिको प्रतिस्पर्धा गरि बलियो गुटको प्रतिस्पर्धि उम्मेद्वारसंग अतिनै झिनो मतान्तरले पराजित भएका राकेश महर्जनलाइ वडाबासीहरूले विशेष चासोका साथ हेरिरहेकाछन । विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूको नेतृत्व गरि ख्याती कमाएका उनबाट वडाबासीहरूले विशेष आशा पनि गरेका छन ।

राजेश अधिकारी : बिद्यार्थीकालमा नेविसंघमा आवद्ध भइ वडा सभापतिको रूपमा पार्टीको नेतृत्व गरि पार्टी संगठनलाइ विस्तारित गर्न सफल उनी अन्यायपुर्ण सडक विस्तारको विरूद्ध वडाबासीको घरबार र हकहितको लागि आन्दोलनको नेतृत्व गरि वडाबासीहरूको मनमा बस्न सफल भएका थिए । गत स्थानिय निर्वाचनमा पनि सम्भावित उम्मेद्वारत्को सुचीमा रही टिकटबाट बञ्चित उनलाइ पनि यसपाली वडाबासीहरूले विशेष चासोका साथ हेरेका छन ।

हिक्मत शेरचन ०४६ साल पछिको पहिलो स्थानिय निर्वाचनमा वाग्लुङ बुर्तिवाङमा वडाध्यक्षमा विजेता भइ सफल वडाध्यक्षको सुचीमा नाम दर्ज गराएका उनी हाल कामपा(३मा पनि समाजसेवा र संगठन विस्तारका कारण चर्चित छन । संगम क्लबको स्थापनाकाल देखि हाल सम्म लगातार अध्यक्ष भइ टोलबासीहरूको मन जित्न सफल उनलाइ पनि वडाबासीहरूले विशेष चासोका साथ हेरेका छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स