24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

एसईई परीक्षामा कायम उमेर हद हटाउने निर्णय

काठमाडौँ । अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो।

विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को वार्षिक परीक्षामा मात्रै लाग्ने शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे उमेर हदको व्यवस्था खारेज गरिएको बताए । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट हुने मन्त्रालयको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई आगामी वैशाख ९ देखि सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स