20.1 C
Kathmandu
Sunday, April 26, 2026
spot_img

इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई इन्धन सरचार्ज समायोजन गरेको छ। आयल निगमले केही दिनअगाडि हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै आन्तरिकतर्फको उडानमा अधिकतम ४४५ रुपैयाँ सरचार्ज वृद्धि भएको छ।

निगमले हवाई इन्धनको मूल्य एक सय ३६ रुपैयाँ निर्धारण गरेपछि भाडादार समायोजन गर्न बाध्य भएको वायुसेवा कम्पनीले जनाएका छन्। मूल्यवृद्धि भएसँगै विभिन्न गन्तव्यमध्ये काठमाडौ-धनगढीतर्फको इन्धन सरचार्ज अत्यधिक ५४० रुपैयाँ देखिएको छ।

यसरी पटकपटक हवाई इन्धन मूल्य वृद्धि हुँदै जाँदा भाडादर वृद्धि भई उपभोक्ता मारमा पर्नुका साथै व्यवसाय नै प्रभावित हुने विभिन्न वायुसेवा कम्पनीले जनाएका छन्।

यो अवस्थामा फिक्स विङसँगै रोटर विङ सेवा प्रदायक कम्पनी अझ बढी प्रभावित हुने संघले जनाएको छ। मुलुकभर बुद्ध, यती, श्री, सौर्य, सीता, गुण, समिट लगायत विभिन्न फिक्स विङ वायुसेवा कम्पनी र सिम्लेरिक, एयर डाइनेष्टी, कैलाश, मनाङ, माउन्टेन , मुस्ताङ, हेली एभरेष्ट, श्री, अल्टिच्युड लगायत रोटर विङ्स वायुसेवा कम्पनीले उडान सेवा दिँदै आएका छन्।

गत बिहीबार निगमले नयाँ मूल्य सार्वजनिक गरेसँगै संघले असन्तुष्टि जनाएको छ। संघले आन्तरिकतर्फ हवाई इन्धन १ सय ३६ रुपैयाँ पुर्‍याएर निगमले प्रतिलिटर १० रुपैयाँभन्दा बढी नाफा लिएको अवस्थामा खरिदसँगै उडान सेवा नै बन्द गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स