20.1 C
Kathmandu
Sunday, April 26, 2026
spot_img

आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । संघीय संसद् अन्तरगतको प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबारको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गरेका थिए ।

बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिए। उनले नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स